दक्षिण कोरियामा डढेलोबाट २६जनाको मृत्यु हजारौ विस्थापित

11
views

एजेन्सी । दक्षिण कोरियाका अधिकारीहरूले देशको दक्षिणपूर्वी क्षेत्रमा लागेको डढेलोले २६ जनाको मृत्यु हजारौ विस्थापित भएको बताईएको छ ।
डढेलोले स्थानीय अधिकारीहरूका अनुसार मृत्यु हुनेमध्ये धेरैजसो ६० देखि ८० वर्षीय उमेरका मानिसहरू छन् । प्रत्यक्षदर्शीहरूले आगोले आफ्ना घरहरू सखाप पार्दाको पीडादायी दृश्यहरू वर्णन गरेका छन् ।

मार्च २१ मा सुरु भएको उक्त डढेलोले धेरै सुख्खा अवस्था र तीव्र गतिको वायुले क्षतिको मात्रा बढाएको छ । डढेलो नियन्त्रणका लागि हजारौं संख्यामा अग्निनियन्त्रक र सैनिकहरू खटाइएको छ ।
दक्षिण कोरियामा डढेलो अन्यत्रको तुलनामा असामान्य मानिने हुदा पनि यस तहको क्षति अभूतपूर्व मानिएको छ ।
अधिकारीहरूले उक्त डढेलोलाई त्यहा विवरण राख्न थालिए यताकै सबैभन्दा खराब बताएका छन् । हालसम्म त्यो ३५ हजार ८ सय हेक्टरभन्दा बढी क्षेत्रमा फैलिएको अधिकारीहरूले बताएका छन् ।
तीन क्षेत्रमा १२० भन्दा बढी हेलिकप्टर परिचालन गरिएको छ । बुधबार एक अग्नि नियन्त्रक हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसका पाइलटको मृत्यु भएको छ । कम्तीमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको छ ।