प्रदेश अस्पताल पर्वतमा दन्तसेवामा विस्तार, स्थानियमा खुसी

5
views

नवदृष्टि संवाददाता
पर्वत, १७ चैत्र
आर्कषक हुदै गएको प्रदेश अस्पताल पर्वतले दान्त सेवालाई विस्तार गरेको छ ।

अस्पतालमा दात–मुखको परीक्षण, दातको एक्स–रे, दात सफा गर्ने, सेतो र टल्काउने, सास गन्हाउने समस्या, गिजाबाट रगत आउने, दाँतमा सिमेन्ट भर्ने, दाँत–मुखको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दातमा ‘क्याप’ लगाउने, भाँचिएका दात बनाउने, मुखको क्यान्सरको परामर्श लगायतका सेवाहरू विस्तार गरिएको प्रदेश अस्पताल पर्वतले जनाएको छ । हालै विस्तार गरिएका यी सेवाबाट दन्त उपचारकालागि पोखरा लगायत अन्य सहरहरुमा जानुपर्ने बाध्यतामा कमि आएपछि स्थानियबासी खुसी भएका छन् ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले एकै ठाउबाट धेरै प्रकारका सेवाहरू प्रभावकारी रूपमा दिन दन्त रोगको विस्तारित सेवा सञ्चालनमा ल्याइएको बताएका छन् ।
गिरिले अस्पतालमा दन्त रोगको सामान्य प्रकारका उपचारहरू हुने भए पनि अन्य सेवा उपलब्ध नहुदा निजी क्लिनिकमा महगो पैसा तिर्नुपर्ने अवस्था नआउने बताए ।