चट्याङ्बाट देशभरमा पा“च जनाको मृत्यु

2
views

२८, चैत्र
काठमाडौं । गएराति वर्षासगै आएको चट्याङ लागेर पछिल्लो २४ घण्टामा देशभर पा“च जनाको मत्यु भएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षा संगै आएको चट्याङको कारण देशका पाच जिल्लामा ५ जनाले ज्यान गुमाएको जनाएको छ ।

झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा चट्याङको झड्का लागेर ५४ वर्षीय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै मोरङको कानेपोखरी गाउपालिका–१ मा १२ वर्षीय बालकको मृत्यु भएको छ । त्यसैगरी धनुषाको नगराईन नगरपालिका–८ अकौरामा ६० वर्षीया महिलाको मृत्यु भएको छ । खेतमा गएको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमा नै मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै डोटीको सायल गाउपालिका–६ दल्लेखमा ३३ वर्षीया महिलाको मृत्यु भएको छ । सो स्थानमा ७ जना घाइते भएका छन् । बझाङको बित्थडचिर गाउपालिका–३ मा ७८ वर्षीया महिलाको मृत्यु भएको छ । सो ठाउमा २ जना बालिका घाइते भएका छन् ।
त्यसैगरी गएराति आएको वर्षाका कारण कालिकोटको रास्कोट नगरपालिका–६ मा लेदो सहितको पानीले एउटा घरमा क्षति पुगेको छ । सल्यानको कपुरकोट गाउपालिका–३ स्थित चोरखोला स्थित राप्ती राजमार्गमा पहिरोका कारण क्षति पुगेको छ । त्यस्तै कालिकोटको सुर्खेत–हुम्ला सडक अवरुद्ध भएको छ ।
विपद्बाट परेर देशभर १६ जना घाइते भएको प्राधिकरणले जनाएको छ ।