४, बैशाख
काठमाडौं ः देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायु र भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भोलि (शुक्रबार)सम्म नै देशका विभिन्न भू–भागहरूमा पानी सहित चट्याङ पर्ने जनाएको छ । मौसमविद् बिनु महर्जनले मधेश,गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना देखिएको जनाएकी छीन् । यी स्थानहरूमा हावाहुरीसहित चट्याङ पर्ने देखिएकाले सतर्क रहन उनले आग्रह गरेकी छिन् ।