नवदृष्टि संवाददाता
८, बैशाख
काठमाडौ । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले सोमबार राजीनामा दिएकी छन् ।
मन्त्री भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको उनको निजि सचिवालयले जनाएको छ ।
मन्त्री भट्टराईले आन्दोलनकारी शिक्षकहरूसग भेटघाट समेत गरेकी थिइन् । त्यसक्रममा उनले शिक्षा विधेयक संसदीय समितिमा दफावार छलफल हुदै गरेको चाडै टुङ्ग्याउन आफू प्रतिबद्ध रहेको बताएकी थिइन् ।