प्रदेश अस्पताल पर्वत ५० शैयामा स्तरउन्नती हुदै स्थानियमा खुसीयाली

2
views

नवदृष्टि संवाददाता
१२, बैशाख
पर्वत,पर्यटकिय नगरी कुश्मा बजारमा रहेको प्रदेश अस्पताल पर्वतले फड्को मार्दै गईरहेको छ । अस्पताल व्यवस्थापन समितिको पहलबाट १५ शैयाको अस्पताल भएपनि ६४ शैयामा सेवा दिदै आएको थियो ।

करिब ३५ वर्षपछि १५ शैयाको अस्पताललाई ५० शैया को प्रदेश अस्पताल पर्वत हुने भएको छ । ५० शैयामा विस्तारपछि सेवासुविधा र दक्ष चिकित्सकहरु थपिने भएपछि स्थानियबासीपनि खुसीयाली छाएको छ ।
अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले सरकारले दिएको १५ शय्याको अनुमतिका लागि दिइएका जनशक्तिमा अस्पतालको आन्तरिक स्रोतबाट केही जनशक्ति थप गरेर ६४ शय्या अस्पतालको सेवा दिन सकिएको बताए ।
अब ५० शय्या क्षमताको अस्पतालको रूपमा स्तरोन्नति हुने भएपछि भने अस्पतालमा थप विशेषज्ञ जनशक्तिसहितका सेवा सुविधाहरू थप हुने बताइएको छ ।
सरकारबाट प्राप्त भएका र अस्पताल आफैले व्यवस्थापन गरेका गरी कुल एक सय १० जना जनशक्तिबाट सञ्चालनमा रहेको अस्पतालमा१४÷१५ जना विशेषज्ञ चिकित्सकहरू रहने अध्यक्ष गिरीले बताए ।
गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले गण्डकी प्रदेश सरकारले ५० शय्या सञ्चालनको अनुमति दिएर सञ्चालन गर्ने गरी मन्त्री स्तरको निर्णय भएर संसदमा गएकोमा संसद्ले पनि सैद्धान्तिक सहमति दिइसकेको पर्वत जिल्लामा रंगिन एक्सरे मेसीनको उद्घाटनगर्ने क्रममा जनाएका थिए ।