एजेन्सी । पहलगाम घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ । यसैबीच पाकिस्तानले एकपछि अर्को गर्दै मिसाइल परीक्षण गरिरहेको बताइएको छ । सोमबार, पाकिस्तानले आफ्नो फताह सिरिजको सतहबाट सतहमा प्रहार गर्ने क्षेप्यास्त्र परीक्षण गरेको भन्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो क्षेप्यास्त्रको दायरा १२० किलोमिटर भएको बताइएको छ ।
तीन दिन अघि, शनिबार, पाकिस्तानले अब्दाली हतियार प्रणालीको परीक्षण गरेको थियो । यो मिसाइल ४५० किलोमिटरको दूरी भएको ब्यालिस्टिक मिसाइल थियो । अब फतह क्षेप्यास्त्रको परीक्षणले भारतसँग बढ्दो तनावलाई झनै भड्काएको छ । पहलगाम हमलापछि भारत पाकिस्तानप्रति कठोर बनेको छ । भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने निर्णय गरेको छ ।