एजेन्सी, नया दिल्ली । भारत, पाकिस्तानबिच तनाव भईरहदा इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसीएल) ले शुक्रबार देशभर पर्याप्त इन्धन भण्डार रहेको बताएको छ ।
‘इन्डियन आयलसँग देशभरि पर्याप्त इन्धनको भण्डार छ र हाम्रो आपूर्ति लाइनहरू कुनै पनि समस्या बिना राम्रोसँग चलिरहेका छन्,’ इन्डियन आयलको आधिकारिक एक्स खातामा पोस्ट गरेको छ ।
उक्त पोस्टमा अपिल गरिएको छ, ‘आत्तिनु पर्दैन – इन्धन र एलपीजी हाम्रा सबै आउटलेटहरूमा सजिलै उपलब्ध छन् ।’ शान्त रहन र अनावश्यक भीडभाडबाट बच्न सल्लाह दिइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार इन्डियन आयलको यो बयान सामाजिक सञ्जालमा पेट्रोल पम्पहरूमा इन्धन किन्न मानिसहरूको भीड देखिएको पोस्ट र भिडियोहरू सार्वजनिक भएपछि आएको बताईएको छ ।