पोखरामा जारी गण्डकी कोटिहोममा दिनबन्धु पोख्रेलको प्रवचन

2
views

गोपाल जिसी
पर्वत, २९, बैशाख । पोखरामा जारी गण्डकी कोटिहोममा बाचन पं प्रविण दिनबन्धु पोख्रेलको प्रवचन सँगै आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति रहने भएको छ ।

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञले नयाँ उत्साह थपिरहेको बेला आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्य रूपमा आयोजना गरिने भएको छ ।

आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिने छ ।
महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमनको अपेक्षित गरिएको छ ।

विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो । सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन् जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्ने सन्देश दिएका छन् ।

आयोजकका अनुसार धर्म र सम्प्रदायहरूबीचको एकता र आपसी आदरलाई केन्द्रमा राखेर समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्य लिएको जानकारी दिएका छन् ।

आज देखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन गर्ने छन् । उनले जेठ ३ गते सम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

कोटिहोम विराट ज्ञान महायज्ञमा शनिवार वाल्मीकि श्री राम कथा वाचक आचार्य पंराकुशजीको विदाई गरे सँगै आइतबार वाचन प्रवीण पं. दिनबन्धु पोखरेलको प्रवचन सुरु भएको हो ।

डा. चिन्तामणि योगी प्रमुख अतिथि भएको कोटिहोममा नेपाल पत्रकार महासंघका केन्द्रिय पूर्ब अध्यक्ष बिपुल पोखरेल सहित पत्रकार महासंघ कार्यसमिति,रास्ट्रिय स्वतन्त्र पार्टिका पूर्बमहामन्त्री मुकुल ढकाल सहभागिता सहित विशिष्ट व्यक्तिको सहभागिता रहेको थियो । साथै राष्ट्रिय लोक दोहोरी गायिका पूर्णकला बिसी र भूमिका गिरीको प्रस्तुति रहेको थियो ।

कोटिहोममा नियमित हुने रक्तदान कार्यक्रममा आइतबार सम्म दुई सय बढीले रक्तदाताले रक्तदान गरेका छन् ।