विमान दुर्घटनाग्रस्त हुदा २ सय ४१ जना यात्रुको निधन एक जीवित

1
views

एजेन्सी ।
एआई १७१ उडान संख्या रहेको एअर ईन्डिया विमान बिहीवार दिउसो अहमदाबाद सहरको विमानस्थलबाट उडेको केही क्षणमै दुर्घटनाग्रस्त हुदा २ सय ४१ जना यात्रुको निधन भएको एयर ईन्डियालेपुष्टि गरेको छ ।

एअर इन्डियाले एक विज्ञप्ति जारी गर्दै उक्त दुर्घटनामा २ सय ४१ जनाको निधन र एक मात्रु जीवित यात्रुको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
विज्ञप्तीमा भनियो, हाम्रा सबै आगामी कदम प्रभावित, तिनका परिवार र प्रियजनको आवश्यकतातर्फ केन्द्रित भएका छन्,ू । साथै अधिकारीहरूले गर्ने अनुसन्धानमा आफूले पूर्ण रूपमा सघाउने उसले बताएको छ ।