मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (ARIES)
दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (TAURUS)

पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (GEMINI)

बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (CANCER)

निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, नयाँ योजना थाल्न केही समय लाग्नेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (LEO)

छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (VIRGO)

अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते ( LIBRA)

व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला । धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (SCORPIO)

दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (SAGITTARIUS)

धन आर्जन सामान्य भए पनि विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले कामकाे वातावरण बन्नेछ। व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा पनि थाेरै मात्र लाभ हुनेछ। मिहिनेतले काम बनाउन सकिनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री गर्न सकिनेछ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (CAPRICORN)

प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (AQUARIUS)

फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। चिताएको काम छिटै सम्पादन हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। व्यापार–व्यवसाय विस्तार गर्ने समय छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (PISCES)

तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ। समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला।

काठमाडौं, ३०, साउन । नेकपा एमालेभित्रको शक्तिसंघर्षले अध्यक्ष केपी शर्मा ओलीलाई एक पछि अर्को धक्का लाग्दै आएको छ । उनका…
काठमाडौं, ३०, साउन । कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी भए पनि दुर्गम क्षेत्रका नागरिकले अझै पनि सहज तरिकाले खोप पाउन…
काठमाडौं, ३०, साउन । सरकारले प्रशासन सुधार र नीतिगत तहको सुधारभन्दा पनि कर्मचारी सरुवालाई उच्च प्राथमिकता दिन थालेको पाइएको छ…
काठमाडौं, ३०, साउन । सरकारले कोभिड–१९ ले कमजोर बनेको अर्थतन्त्रलाई सशक्त र पुनरुत्थान गर्ने उद्देश्यसहित शुक्रबार मौद्रिक नीति ल्याएको छ…
काठमाडौं, ३०, साउन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष नयाँ दल गठनको आन्तरिक गृहकार्यमा जुटेको छ…
काठमाडौँ । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् ।…
काठमाडौं । सरकारले कोभिड– १९ को संक्रमण समुदायस्तरमा फैलिएको बारेमा ‘एन्टिबडी’ परीक्षण गर्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको…