एनआरएनएको संरचना परिवर्तनलाई लिएर जर्मनीमा नेपालीको झगडा

1551
views

जर्मनी, फ्यांडफोर्ड स् गैरआवासीय नेपाली संघ (एनआरएनए) को यूरोपियन क्षेत्रीय बैठकमा प्रस्तावित ‘भिजन २०२० एण्ड बियोण्ड’लाई लिएर चर्को विवाद उत्पन्न भएको छ ।संघको शनिवारदेखि फ्यांडफोर्डमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष शेष घलेले कार्यकारी प्रमुख (अधिकार सम्पन्न) संघको अध्यक्ष हुने गरी प्रस्तुत गरेको उक्त प्रस्तावलाई लिएर विवाद उत्पन्न भएको हो ।  बैठकमा उपस्थित संघका पुर्व अध्यक्षहरु सहित आधा भन्दा धेरै सहभागि उक्त प्रस्तावको विरुद्धमा उत्रिएका छन । अध्यक्ष घलेले प्रस्तुत गरेको उक्त प्रस्ताव प्रति संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष जीवा लामिछाने लगायतले खुलेरै आलोचना गरे ।आगामी अक्टोवर महिनाको दोस्रो साताबाट संघको नेतृत्वबाट विदा लिने घोषणा गरेका अध्यक्ष घलेले संघको सांगठनिक संरचनालाई परिर्वतन गर्ने योजना सहितको उक्त प्रस्ताव लिएर बैठकमा उपस्थित भएका थिए । प्रस्तावलाई लिएर घलेले भने, ‘आगामी एक दशकसम्म सबै मुलुकमा नेपाली समुदाय बढदै जानेछन् । काठमाडौंमा रहेको हाम्रो सचिवालयको संरचना वृहतरुपमा परिवर्तन गर्नु पर्ने देखिन्छ । त्यसलाई मन्त्रालय जस्तो बनाउनु पर्ने छ । एनआरएनएको नीति निर्माणका लागि संस्थाको आवश्यकता पर्छ ।’उनले लगानी, बसाइसराई लगायत विषयमा काम गर्न त्यस्तो संस्था हुनु पर्नेमा जोड दिएका थिए । उनका अनुसार त्यो संस्थामा विदेशमा बस्ने वैज्ञानिक, अनुसन्धानकर्ता, वौद्धिक जगतले काम गर्न सक्ने छन । जहाँ निर्वा्चित पदाधिकारीलाई राखिने छ । जसले गर्दा प्रशासनिक र सामाजिक काम चुस्त हुनेछ । अध्यक्ष घलेद्धारा प्रस्तुत संघको प्रस्तावप्रति एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महत्तोले विस्तृत छलफलपछि मात्रै यस्तो योजना अघि बढाउनु पर्ने बताए । उनले योजनाबारे टिप्पणी गर्ने अधिकार सबैलाई भएको भन्दै कुनै काम गर्नु अघि सोच विचार, बहस र छलफल हुन आवश्यक रहेको बताए । संघका प्रमुख संरक्षक जिवा लामिछानेले भिजन भिजन २०२० को विषयलाई लिएर आफु अच्चमित भएको बताए। उनले एनआरएनएको वृहत परिवर्तन जस्तो विषयमा आफुलाई जानकारी नभएको बताए । संस्थाको संरचना परिवर्तन गर्ने भन्ने बिषय बस्तु समान्य नभएको भन्दै त्यसमा व्यापक छलफल हुनु पर्नेमा उनले जोड दिए ।