सहारा क्बल पोखराको आगामी तीन वर्षका लागि अध्यक्षमा थापा

2094
views

नवदृष्टि संवाददाता
पोखरा, ३१, भदौ । पोखरामा रहेको सहारा क्लबको अध्यक्षमा केशव बहादुर थापा चयन भएका छन् । १९ औं साधारणसभा तथा १० औं अधिबेशनले थापालाई चयन गरेको हो । थापाको आगामी कार्यकाल ३ बर्षको रहेको छ । यसअघि उनी बरिष्ठ उपाध्यक्ष थिए ।
यस कार्यकालको बरिठ उपाध्यक्षमा हरिराम गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा विश्वराज बराल, सचिव राम्जी अधिकारी, कोषाध्यक्षमा राजु लालचन र सह–कोषाध्यक्ष लिलबहादुर थापा चयन भएका छन् ।
क्लबको सदस्यहरुमा सदस्य विनु राना मगर, रोजिना गुरुङ, ज्योती केसी, गङ्गाराज पौडेल, तिलक क्षेत्री, सन्दिप सुवेदी चयन भएका छन् ।