विकट कालिकोटलाई राजधानीको निकट बनाउँछु–तरुण महामन्त्री शाही

920
views

रिना खनाल
काठमाण्डौ । कालिकोटमा जन्मिएर नेपाल सरकारको सह–सचिवमा कार्यरत मोतिलाल महतरालाई सम्मान गर्दै समृद्ध कालिकोटका अभियान्ता एवं नेपाल तरुण दलका केन्द्रिय महासचिव भुपेन्द्र जङ्ग शाहीले विकट भनिएको कालिकोटलाई समृद्ध बनाई राजधानी निकट कालिकोट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सुन्दर कालिकोट–समृद्ध कालिकोटले आयोजना गरेको शुभदिपावली २०७४ को शुखद अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल भृकुटीमण्डपमा आयोजित कार्यक्रममा महतरालाई सम्मान गर्दै शाहीले यस्तो बताउनुभएको हो ।

‘सुन्दर कालिकोट समृद्ध कालिकोट’ भन्ने मुल अभियान लिएर जनसेवामा समर्पित शाहिले विकट मानिदै आएको कालिकोटलाई राजधानीको निकट बनाउने उद्वेश्य सहित सबैले योदान पु¥याउनुपर्नेमा जोड दिनुभयो । नेपाली काँगेसको युवा संगठन नेपाल तरुण दलका महामन्त्री समेत रहनुभएका भुपेन्द्रजंग शाहीले कालिकोटको विकासे एजेण्डाहरुका बारेमा समेत धारणा व्यक्त गर्नुभएको थियो ।

उहाँले जिल्लालाई सुन्दर र समृद्ध बनाउनका लागि सशक्त रुपमा काम गरिरहेको बताउँदै अथाह सम्भावना रहेको कालिकोटको समृद्ध र विकासका लागि कालिकोटप्रतिको दृष्टिकोण बदल्न आवश्यक रहेको बताउनुभयो

प्रखर युवा नेता शाहीले राजनधानी बस्ने शहरियाहरुको दृष्टिकोणमा ‘कालिकोट भन्ने बित्तिकै दुर्गम जिल्ला हो भनेर बुझ्ने मनोभावनालाइ त्याग्न जरुरी रहेको बताउँदै भन्नुभयो ‘कालिकोटलाई मौलिक ढंगले विकास गरेर मुलुककै नमूना जिल्ला बनाउने आफ्नो सपना कालीकोटमा नदेखिएका सम्भावनाहरुको खोजी रहेको बताउनुभयो ।

उक्त अवसरमा राजधानीको अधिकार गाउँमा आउँदा पनि कालिकोटमा विकासका कार्यहरु समान रुपमा सञ्चालन हुन नसकेको भन्दै ‘कालिकोटको पूर्वाधार निर्माण र आधुनिक विकासमा सकरात्मक सोंच बनाउनुपर्ने जोड दिनुभयो । शाहीले कालिकोटलाई प्रकृतिले दिएको सुन्दरता कालिकोटको मुख्य र अथाह सम्पत्ति भएकोले पर्यटकीय, विकास लूप्त अवस्थाको खानी उत्खनन्को खोजी, अर्गानिक उत्पादनको बढवामा समेत जोड दिनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा उहाँले पर्यटकीय सम्भावनालाई निस्तेज नभई आम जनसमुदायको आर्थिक, जनश्रमदान, र नैतिक सहयोगमा तिला र कर्णाली जस्ता नदीबाट विद्युत उत्पादन गर्नुपर्नेमा जोड दिदैं कालिकोटको जडिबुटीलाई कालिकोटले नै प्रयोग र बिक्री गर्न पाउनुपर्ने र कालिकोटमा उत्पादीत विद्युतले नेपाल नै उज्यालो बनाउन सक्ने आफ्नो योजनामा साथ र समर्थनको आवश्यकता रहेको पनि बताउनुभयो ।

सो अवसरमा कालिकोट जिल्लामा रहेका ३६ माद्यमिक विद्यालय तथा उच्च माविका अध्ययनरत प्रत्येक बिद्यालयका ६ जना बिद्यार्थिहरुलाइ छात्रवृत्तिको ब्यवस्था गरिने घोषणा समेत गर्नुभयो ।

सम्मानित कार्यक्रममा ब्यवसायी तारा शाही, नवराज बोहोरा, शंकर उपाध्याय, कृष्ण अधिकारी, डा. ललित जङ्ग शाही लगायतले कालिकोटको बिकास गर्नको लागि आफू लागिपर्ने प्रतिवद्धता जनाउनुभयो ।