–रुद्रप्रसाद अधिकारी
चाहे हाम्रो व्यक्तिगत जीवनमा होस् या राष्ट्रिय जीवनमा अविकसित राष्ट्रको उपजका रूपमा हामीले कयौं पटक दुस्खद घटनाको सामना गर्नु परिरहेको छ । ग्रामीण वस्तीहरुसम्म स्वास्थ्य, शिक्षा, यातायात जस्ता क्षेत्रका पुर्वाधारको विकास नहुँदा हामीले रोग, भोक र शोकको शिकार हुनुपरेको छ ।देश गरिब छ भने व्यक्ति धनी हुँदैमा उसलाई सुख मिल्छ भन्ने केहि ग्यारेन्टी छैन । एउटा सामाग्री उदाहरण हेरौं कालिकोटको दुर्गम गाउँमा बस्ने करोडौंको मालिक भन्दा काठमाडौमा फुटपाथमा व्यापार गर्नेको जीवन सुखद र सुरक्षित हुन सक्दछ । कारण, कालिकोटको गाउँमा बस्ने त्यो करोडौंको मालिकलाई स्वास्थ्यमा केहि समस्या आईहाले हेलिकप्टर चार्टर गरेर अस्पताल पुग्ने प्रयास गर्ला तर मौसमको के भर छ र ? उता काठमाडौको फुटपाथमा व्यापार गरि बस्नेले कम्तीमा अस्पताल त समयमै पुग्न सक्छ ।
अर्को कुरा, हाम्रो समाज यति संकिर्ण र पुरातनवादी छ कि जे जस्तो घटना घटे पनि भाग्यलाई दोष दिने, ूतेरो भागमा यत्ति लेखेको, तलाई भोग्नु थियो, तैले थानीमानी नसम्झेर ।।।।आदि के के हो के के ू । त्यतिमात्र होईन, आर्थिक रूपमा कमजोरलाई समाजले उपेक्षा गरेको छ, राष्ट्रले उपेक्षा गरेको छ । कर्मचारीले जानीबुझिकन भ्रष्टाचारलाई आत्मसाथ गर्नुको मुल कारण यही हुनसक्ने देखिन्छ ।
गुणस्तरीय शिक्षा (विद्यालय, कलेज), स्वास्थ्य संस्था, यातायात सुविधा आदिमा माफियातन्त्र हावी हुनु निम्न वर्गीय जनताको लागि अभिसाप हो । केहि सिमित व्यक्तिहरु आफुले सुख सयलको जिन्दगी विताएकाले नेपालले विकासमा फड्को मार्दैछ भन्दै हिडिरहेका छन् । जनताका समस्या ज्यु का त्यु छ्न । जब सम्म देशमा पर्याप्त रोजगारी सिर्जना हुँदैन, स्वास्थ्य, शिक्षा, सडक जस्ता पुर्वाधार ग्रामीण वस्तीसम्म पुर्याईदैन तबसम्म देशको आर्थिक सामाजिक रुपान्तरण हुँदैन । व्यक्ति धनी भएर मात्रै सुखी जीवन जिउँन सकिने रहेनछ जान्दाजान्दै पनि किन यो देशका नेतृत्वकर्ताहरु र उच्च पदस्त कर्मचारीहरु आफ्ना सन्ततीको भविस्यप्रति चिन्तित हुँदैनन् रु यो या त्यो वाहनामा देशलाई विकास र सम्वृध्दीको बाटोबाट अलग्याउने दुस्साहस कसैले नगरोस् यदि यसो गरियो भने फेरि जनताले आफु भित्रै गुम्स्याई रहेको पीडा र आक्रोश छताछुल्ल हुनेछ जसको परिणाम ईतिहासले देखाई सकेको छ । पोखरा लेखनाथ (२४, कास्कीकोट कास्की