केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै सपथ

603
views

काठमाडौं ३ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली नेपालको ४१ औं प्रधानमन्त्रीमा नियुक्त भएका छन् । वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भए पछि राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७६ को उपधारा २ बमोजिम राष्ट्रपति भण्डारीले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । ओली प्रधानमन्त्रीका रुपमा आजै ४ बजे शीतल निवासमा सपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

त्यस्तै ओलीलाई संसदीय दलको नेता चयन गर्न एमालेले आजै पार्टी कार्यालय धुम्बाराहीमा बैठक बोलाएको छ ।