–अस्मिता पाण्डे पोख्रेल
कसैको छोराछोरी लडदा होस् या चोट लाग्दा
दुःखी हुने मान्छे म, पक्कै बुझ्न सक्छु…
ति आमाहरुको पीडा
जस्ले आफ्नै आखा अगाडी
आफुभन्दा प्यारा छोराछोरीको
भयानक मृत्यु हेर्न बाध्य छन्
कुनै बच्चा,
आफ्नो परिवारको यादमा
घरदेखी टाढा बोर्डिङको होस्टलमा
मलिनो मुख लगाउदै टोलाएको देख्दा
रुने मान्छे म, पक्कै बुझ्न सक्छु..
ति बच्चाहरुको पीडा
जस्ले आफ्नै अगाडि
आफ्नो,
आमा बाबुको प्राण
बमको धुवाँसङगै
उडेको हेर्न बाध्य छन्
गास, बास र कपास नभएका
दुःखी देख्दा पग्लिने
यो मेरो मन, पक्कै बुझ्न सक्छु
ति घाइतेहरुको पीडा
जो सङग न आफन्त छन, न त घर
( बस् यहि शब्दबाटै
मनैदेखि समवेदना दिन चाहन्छु,,
ति अबोध बालकको आत्माले शान्ति पाओस्
अनि यस्तो घटना कहिले नदोहोरिओस् )
–तानेसेन पाल्पा