हिमालको फेदीमा चौंरी

1009
views

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित अन्नपूर्ण र निलगिरी हिमालको फेदीमा यहाँका स्थानीयले सामुहिक रुपमा चौंरीपालन गर्दै आएका छन् । समुन्द्र सतह देखि तिनहजार ६ सय साठी मिटरको उचाईमा रहेको खोप्रा लेकमा स्थानीयले विगत २२ वर्ष देखि चौंरीपालन गर्दै आएका हुन ।

गाउँका दुई विद्यालयलाई आयस्रोत जुटाउन सामाजिक अभियन्ता महावीर पुनको अगुवाईमा तिनलाख रुपियाँबाट सुरु गरिएको चौरीपालन अहिले करिब पचासलाख रुपियाँ वरावरको लगानी पुगेको छ ।

चौरीगोठका साथै धौलागिरी,अन्नपूर्ण र निलगरी लगायत हिमशृङखलाको अवलोकन गर्न यहाँ पर्यटकहरु आउने गर्छन । चौरीपालनबाट वार्षिक रुपमा ६ लाख रुपियाँ वरावरको कारोवार हुने र सवै खर्च कटाएर साढे तिनलाख रुपियाँ आम्दानी हुने सामुदायिक चौरीपालन समुहका कोषाध्यक्ष भिमवहादुर पुन बताउँछन् ।

 

२०५३ सालमा मुस्ताङबाट २८ चौरीगाई ल्याएर पाल्न सुरु गरिएको थियो । अहिले चौरी गोठमा एकसय ७१ चौरीगाई र याक छन् । प्रति चौरी ७० देखि ७५ हजार रुपियाँ सम्ममा विक्री हुन्छ । चौरीपाल्नका लागि अन्नपूर्ण गाउँपालिका ५ पाउद्धार र ८ नागीका स्थानीयहरुले खोप्रालेकमा व्यवस्थित चौरी गोठ बनाएका छन् ।

तस्विरः ठाकुर आचार्य


पाउद्धार मावि पाउद्धार र हिमाञ्चल मावि नागीमा सरकारी दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न समस्या भएपछि सामाजिक अभियन्ता पुनको अगुवाईमा सामुदायिक रुपले चौरीपालन गर्ने र आम्दानीको ६० प्रतिशत पाउद्धार र ४० प्रतिशत हिमाञ्चल माविमा दिने सहमतिका साथ चौरीपालन गर्न सुरु गरिएको कोषाध्यक्ष पुनले बताए ।