सिताराम थापा
बाग्लुङ । हिउँफुल सौन्दर्यताः हिमाल पारीको जिल्ला मुस्ताङ नेपालको निकै विकट र दुर्गम मानियता पनि प्राकृतिक सौन्दर्यताको छटाको बिबिधताका हिसाबले निकै सौन्दर्यता रहेको छ । उपल्लो मुस्ताङको अधिकांस भूगोलमा यस बर्षको माघसम्म चौथो पटकसम्म हिउँबर्षा भएको छ । अहिले तीनदिन सम्मको हिउबर्षाको सौन्दर्यताले गाउँ, बजार, बुट्यान, कार्यालय सेताम्मे हिमालकै स–साना आकृति बनेका छन । हिउँफुलहरुकने ढिस्काको आकृतिमा फुत्त बाहिर निक्लन्छन र खेलाउँछन हिउँफुल टाउकामा सेताम्मे हिउँफुल लिएर चिसो सिरेटोको लप्का खादै फुत्त भित्र पस्छन बागलुङबाट गएका समाजसेवी बुद्दिबल थापा मगर र साथीहरु ।
हिउँ फुलले पर्यटक र हेर्ने मानिसका लागि आकर्षण थपिन्छन । टाढाका मानिस समेत हिमाली दृष्यवलोकन गरि मनमग्ध माधुर्य हँसिलो बनाउँछन । हिउँफुलको वर्षा खेत, बारी, बाली र मल माटोमा फसफस खसेपछि यहाँ कृषकहरुमा खुसियाली छाउँछन । सेताम्मे हिउँले मल, माटो पग्लिएर कृषि उत्पादत्कत्वमा उकालो लाग्ने कृषि प्रविधिको प्राकृतिक नियति नै हो । यसैले पनि यहाँ पर्यटकिय आकर्षणको गन्तव्य मात्र नभएर नेपाललाई विश्व सामु पहिचान गराउन सफल भएको छ ।
कष्टकर जीवनः दुई तीन दिनसम्मको हिम बर्षाले हिउँ नरोकिदै मुस्ताङमा चिसो, तिसो हुरी बतास र सिरेटो चलिरहेको छ । निरन्तर आकासिएको चिसोका कारण स्थानियबासीहरु आफ्नो घरभन्दा बाहिर निस्कन सक्ने अवस्था रहेको छैन ।
“बुढेसकालको ढल्नै लागेको ज्यानमा चिसोले प्राण धान्न हम्मेहम्मे परेको छ । चिसोले उमेर ढलेका र बृद्दाहरुलाई शरिरमा दम तथा श्वास प्रश्वास सम्बन्धि रोगका विरामीहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था ल्याएको स्थानिय बासिन्दाहरु बताउँछन् ।”
उपल्लो मुस्ताँङ देखि हिड्न सक्ने मानिसहरु कार्तिक महिनामै चिसो सिरेटो छल्न आफ्नो ब्यापार ब्यवसाय लिएर हिमाली भाग बाट पहाडी इलाका तर्फ प्रवेश गरिसकेका छन । जाडो र चिसोको कारण उहाँ को जनजीवन चौतर्फी कष्टकर बनेको छ । शारीरिक रुपमा कमजोर अनि उमेर पुगेका मानिसहरुको अवस्था जाडो र चिसोले गर्दा अत्यन्तै दयनिय भएको छ । बुढेसकालको ढल्नै लागेको ज्यानमा चिसोले प्राण धान्न हम्मेहम्मे परेको छ । चिसोले उमेर ढलेका र बृद्दाहरुलाई शरिरमा दम तथा श्वास प्रश्वास सम्बन्धि रोगका विरामीहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था ल्याएको स्थानिय बासिन्दाहरु बताउँछन् । अति दुर्गम गाम, ठाम भएकोले स्वास्थ्यकर्मी र अस्पताल तथा ओखतिमुलोको कमि छ । चिसोकै कारण चलिरहेका बिद्यालयहरु पनि बेला बेला पढाइ स्थगन (बन्द) हुने गरेको छ । जाडो मौसममा हिउँ वर्षा र अति चिसोको कष्टकरका लागि नागरीकहरुको आवश्यक सुरक्षा सम्बन्धी कुनैपनि चासो सरकारी निकायले नदेखाएको स्थानियबासीहरुको गुनासो छ । आर्थिक रुपमा मुस्ताङबासीहरु सम्पन्न भएतापनि विपन्न परिवारका बालबालिका तथा बृद्धहरुलाई न्यानोको ब्यवस्थापन गर्नका लागी स्थानिय सरकाले कदम चाल्नुपर्ने आवश्यकता रहेको स्थानियबासी शिव बि.क. बताउँछन । यसको लागि राज्यको संघ, प्रदेश र स्थानिय निकायको नीतिगत रुपमा र ब्याबहारीक रुपमा कदम चाल्नुपर्ने बागलुङबाट गएका सामाजसेवी बुद्दिबल थापा मगर बताउँछन् । चिसो हावा र हिउँका कारण कार्यालयहरुमा सेवाग्राहीको उपस्थिति शुन्य रहेको छ ।
शिक्षा विकास तथा समन्वय इकाइमा विगत तिन दिनदेखि कुनैपनि सेवाग्राही सेवा लिन नआएको उनको प्रत्यक्ष भोगाई रहेको छ । त्यसो त, अन्य सरकारी कार्यालयहरुको हालत पनि उस्तै रहेको अवस्था छ । सेवाग्राही नआउने भएपछि भएका स्थानिय कर्मचारी र जनप्रतिनिधिहरु पनि जवाफदेहि हुन उपल्लो मुस्ताङ सकिरहेको छैनन । उपल्लो मुस्ताङका तालोमानथाँङ, लोघेकर र दामोडर कुण्डका सम्पुर्ण २१ वटा सामुदायिक विद्यालयहरु अहिले चिसोकै कारण कास्की जिल्लाको पोखराका विभिन्न स्थानमा घुम्ति विद्यालयको रुपमा सञ्चालित रहेका छन् । ठाउँ बदलेर पड्नु पर्दा बालबालिका र उनिहरुको अबिभावकलाई पनि विभिन्न समस्या खेप्नुपर्छ । यसैगरि यहाँको प्राइभेट तथा गुम्बाका विद्यालयहरु समेत पोखरामै अध्यापन गर्न बिवश रहेको छ । गणतान्त्रिक गाउँ सुधार समितिका अध्यक्ष भिम बहादुर रसाईली भन्छन, ‘हिउँ र चिसोको जोखिम, बाढी पहिरोको जोखिम सरकारले योजना बनाई समाधान गरिनु पर्छ ।
अहिले केही दिनदेखि लगतार हिउँ वर्षासंगै अत्यन्त चिसो सिरेटोको शिकार बनेर जनजीवन कष्टकर बनेको स्थानिय जनप्रतिनिधि स्विकार्छन तर यसको लागि भने उनिहरुसँग पनि योजना छैन । मुस्ताङ जिल्लाकै घरपझोङ गाउँपालिका–१ छैरोमा प्राकृतिक प्रकोप भुकम्पका कारण थिलोथिलो भएको माटो ढिस्को ढलेर हिउँ वर्षा भएको सिरेटोकै बीच हिजो बिहिबार नीदि बहन बाट रोकिएको थियो । सुख्खा पहिरोको कारण १२ फिट गहिराईमा कालीनदि जमेर तालमा परिणत भएको थियो । स्थानिय प्रहरी, प्रशासन, सेनाको तत्कालीन प्रयासबाट पहिरो हटाई नदि बहन भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बताउँछन् । अझै दिर्घकालिन समाधान नभएसम्म चिसो र हिउँ बर्षाको कष्टकर जीवन देख्न र खेप्न बाध्य हुने अधिकारकर्मी सिताराम थापा बताउँछन् ।