यसकारण घट्यो बाग्लुङ कालिका मन्दिरको पर्यटकीय सुन्दरता

2773
views

–यज्ञ बहादुर थापा ।  बाग्लुङ्ग जिल्लाको सदरमुकाम वा.न.पा. स्थित कालिका देवी मन्दिर अवस्थित छ । धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण स्थान प्राप्त गरेको भगवति कालिका देवी मन्दिर वनको माझमा रहेको छ । प्राय सालहरुको रुखले ढाकेको यो क्षेत्र पूर्वमा कालिगण्डकी, पश्चिममा काठेखोला, उत्तरमा धौलागिरी हिमाल देखिने र दक्षिण क्षेत्र बलेवा पर्दछ ।
नेपालदेखी भारत क्षेत्रसमेत चर्चामा आउन सफल यो पवित्र धाममा भगवती कालिका देवी मन्दिर पुग्न भव्य प्रवेशद्वारबाट करबि ८÷१० मिनेटको पैदल दुरी पर्दछ । सो बाटो फराकिलो चौडा भएकोले आगमन सहज बनाएको छ । मुल प्रवेशद्वारसँगै बाटोको दयाँबायाँ अव्यवस्थित वनक्षेत्र घना देखिन्छ । वन क्षेत्रले नै कालिका देवी शक्तिको लौकिक क्षमता कम भएको प्रतिक हुन्छ । गुठी व्यवस्थापन समितिको अदुरदर्शिता वा विचार योजना क्षमता अभावको नेतृत्वको कारण यि कालिका देवी माताको गरीमामय स्थान कम भएको आँकलन सहजै गर्न सकिन्छ । सरकारको मात्रै आलोचना गर्ने तर आफु भने योजना पनि दिन नसक्ने नेपालीले आफ्नै वुद्धि, विवेक र योजनाबाटै नेपालमै मनग्ये आम्दानी गर्न सकिन्छ भन्ने चेतनाको विकास गर्नु अनिवार्य छ । त्यसकारण यहाँपनि वनको व्यवस्थापन, सुदृढिकरण र सो बाट हुने आम्दानी बढाउन आवश्यक छ । सम्बन्धित सरोकारवाला निकाय गुठी व्यवस्थापन समिति होस् वा नगरपालिका होस् वा जिल्ला समन्वय समिति होस् यसमा सबैको ध्यान आकृष्ट हुन जरुरी देखिन्छ । बाटोको दायाँ बायाँ साईडमा रहेको उक्त वन झाडी बुट्यानले वनको सोभा घटाईरहेको छ भने बाटोमाथि नै ढल्केका जीर्ण रुखहरुले कुनैपनि बेला मानविय क्षति हुनसक्ने सम्भावना बडाईरहेको छ । अतः उक्त व्यवस्थापन गर्दा निम्न फाईदा हुने देखिन्छ ।
१) गुठीको आयस्रोत बढ्नु । २) कालिका देवी भगवतीको सौन्दर्य बढ्नु । ३) फिल्म सुटिङको लागि योग्य ठाउँ हुनु । ४) हावा प्रसस्त खेल्न पाउने हुनाले वातावरण स्वच्छ र सफा रहनु । ५) हटाइएका काठपात दाउराबाट आवश्यकता पुरा हुनु । निम्न ढंगले वन व्यवस्थापन गरी मन्दिरको सोभायमान बढाउन सकिन्छ ।
बागलुङ मन्दिरमा धर्मालम्वीहरुको वृद्धि विकास गर्नका लागि मन्दिर व्यवस्थापन समिति गम्भिर बन्नुपर्ने अवस्था रहेको देखिन्छ । केवल ईतिहासको कौतुहलताले स्वदेशी धर्मालम्बीहरु त आउलान तर देश विदेशका धर्मालम्वीहरुको घुईचो पाउन दशकौ लाग्ने अवस्था अहिलेको व्यवस्थापकिय जिम्मेवारीले देखाएको छ । उक्त मन्दिरमा बोका, राँगा, परेवा मात्र आउनुलाई उल्लेख्य उपलव्धी मानिनु भन्दा पनि धर्म भिरुहरुको आगमनलाई प्राथमिकता नदिने हो भने मन्दिरै मन्दिरको सुन्दर देश मानिएको नेपालको बाग्लुङ कालिका मन्दिर पनि सोही कोटीमा मात्रै नपर्ला भन्न सकिदैन ।
हामीले सौन्दर्यता गुमायौं कि ?
अवश्य पनि हामीले उक्त धार्मिक मन्दिरको सौन्दर्यता गुमाएका छौं । बोका, राँगा, परेवा, भेटी, दान, दक्षिणा, सहयोगबाट उठेको पैसाको हिसाब किताब र केही भौतिक पूर्वाधार निर्माणको पक्षलाई मात्रै व्यवस्थापकिय उपलब्धी ठान्यौं । तर यतिले मात्र यो विशालतम कालिका देवी मन्दिरको सोभायमान बढ्न सक्दैन । कालिका देवीको शक्ति महिमा बढाउन वन दृश्यावलोकन दिन सक्नुपनि महत्वपूर्ण पक्ष हो । यहाँ आउने धर्मालम्वी र पर्यटकहरुले नयाँ कुरा सिकेर जाने वातावरण्ण बनाउनै पर्दछ । महिमा ईतिहास बोकेको मन्दिर बाग्लुङ्गमा रहेपनि देश विदेशको लागि पशुपति मन्दिर सरहको यस मन्दिरलाई व्यवस्थापन गर्न नसक्नु हाम्रो ठूलो कम्जोरी रहेको छ । धर्मालम्वीले पुजा, अर्चना, दान, दक्षिणा गरेपछि रक्सि भट्टीका पसलहरुमा पेट भर्न जानुपर्ने वाद्यता, तर धर्मालम्वीहरुका लागि होटेल सात्वेकी रेष्टुराहरुको विकास गर्न नसक्नु अर्को ठूलो कम्जोरी हो । त्यतिका धेरै गुठी भएको भएको मन्दिरले धर्मालम्वी आवासको व्यवस्थापन नगर्नु पनि कम्जोरी पक्ष हो । यसबाट गुमेको सौन्दर्यतालाई हामीले व्यस्थापन गर्नै पर्दछ न कि धर्मभिरुहरुको पनि आगमन होस् ।
वन क्षेत्रले पारेको असर
ठूला–ठूला कुहे, पचेका खडे रुख । कतिवेला धर्मालम्वीहरुको टाउको सेकिने हो पत्तै नहुने रुखमा लरा पतका । जमिनमा वन्यजन्तु लुक्ने झाडीको व्यवस्थापन नहुँदा सौन्दर्यिक वनले पनि असर पारेको छ । वनको सौन्दर्यतासँगै कालिका भगवति देवकिो पनि महिमा वढ्ने र थप पर्यटकहरु भित्रिन सक्ने प्रचुर सम्भावनालाई वन क्षेत्रमा भएको अव्यवस्थित व्यवस्थापनले निकै असर पारेको छ । यि सबैको विकास र व्यवस्थापन गर्न सके पर्यटकरुको सिकाई र कालिका मन्दिरको सौन्दर्यता बढ्छ ।              (अधिवक्ता)