देउवाको चेतावनीः संसदमा दुई तिहाइ पुग्न एमाले चाहिदैन

699
views

काठमाण्डौ, १५ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले नआएपनि संसदमा दुई तिहाइ पुग्ने दाबी गरेका छन् । पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रममा उनले एमाले नआएपनि संसदमा दुई तिहाई पुग्ने तर एमालेले संशोधन प्रक्रियामा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
तराई–मधेस, पहाड र हिमालमा बसोबास गर्ने सबै जनताको भावना सम्बोधन गरी निर्वाचनमा जानका लागि संविधान संशोधन गर्दा ‘यसका लागि एमाले तयार हुनुपर्ने उनको भनाई थियो । उनले भने एमालेले संशोधन प्रक्रिया रोक्नु हुन्न । सत्तापक्षले एमालेका भावना समेटेर जान तयार छ ।’
दुइ चरणमा स्थानीय तहको निर्वाचन
सभापति देउवाले निर्वाचन दुइ चरणमा हुने स्पष्ट पाारेका छन् । उनले पहिलो चरणको निर्वाचन हुने सबै क्षेत्रमा कांग्रेसले दुई दिन भित्रमा उम्मेदवारको घोषणा गर्ने समेत बताए । निर्वाचनको विकल्प नभएको स्पष्ट पार्दै उनले भने, ‘निर्वाचन पछि स्थानिय तह बलियो हुने भएकाले विकास र संमृद्धिमा टेवा पुग्ने छ ।’
यस्तै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले अरु राजनीतिक दलले समस्या मात्रै खडा गर्ने गरेको आरोप लगाए । हिमाल–पहाड र तराईका जनतालाई समेटेर सँगै लैजान खोज्दा एमालेले मधेसीका गुनासालाई उपेक्षा गरेको पौडेलले आरोप लगाए ।
नेपाली कांग्रेसले मात्र यो देशमा निकाश दिने उनले ठोकुवा गरे । सबैको सहभागिता सुनिश्चित गर्न कांग्रेसले मेची–कालीअभियान सञ्चालन गरेको उनले बताए । संमृद्धिलाई अघि बढाउन कृषि, पर्यटन र उर्जा क्षेत्रको विकास हुनुपर्नेमा उनले जोड दिए ।
यसैगरी सो कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं स्वास्थ्य मन्त्री गगन थापाले कांग्रेसका बारेमा भ्रम फैलाइएको प्रति आपत्ति प्रकट गरे । ‘कांग्रेसले सबै दलसँग मित्रता तोड्न होइन जोड्न खोजेको छ’ उनले भने । ‘नक्कली ठेकेदारप्रति कांग्रेस प्रष्ट छ । प्रदेश सिमा तलमाथि होला तर देशको सिमा तलमाथि हुन कांग्रेसले दिने छैन ‘ मन्त्री थापाले भने ।