मोना पोर्चुगलको अध्यक्षमा टेक फगामी

1280
views

म्याग्दी प्रवासी नेपाली संघ मोना पोर्तुगलको अध्यक्षमा टेक फगामी निर्विरोध भएका छन् । पोर्चुगलमा रहेका म्याग्देलीहरुको साझा संस्था मोनाको १२ औं साधारणसभाले टेक फगामीलाई अध्यक्षमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा मोहन पुन र उपाध्यक्षहरुमा दिपेन्द्र भण्डारी, कमला परियार, सन्देश साही, पूर्ण राम्जाली, मोहन राना, सन्तोष पुन, महासचिवमा धन थापा, सचिवमा लक्ष्मण रोका, सहसचिवमा सुरेश पुन, कोषाध्यक्षमा दुर्गा पाइजा, सहकोषाध्यक्षमा लक्ष्मी पुर्जा तथा सदस्यहरुमा तेक राना, केदार कटुवाल, राजन भण्डारी, सुनिल तिमिल्सना, मनिष साही, मिरा पुन रहेका छन् ।

त्यस्तै संस्थाको खेलकुद संयोजकमा भुवन आचार्य, सहसंयोजकमा महेन्द्र भण्डारी, सांस्कृति संयोजकमा संगिता पुन र रबिन थापा, युवा संयोजकमा सबिन शाही, महिला तथा बालबालिका संयोजकमा पबिता तिलिजा रहेका छन् ।

त्यस्तै संस्थापक संरक्षकमा पहल पुन, संरक्षकमा निर्वतमान अध्यक्ष कुमार राम्जाली र नैना तिलिजा, सल्लाहकारमा सुर्य भट्टचन, राजन थापा र जरी पुन रहेका छन् ।