वर्षाको पानीले गोलभेँडा खेती

768
views

महेन्द्र जिसी
पर्वत । स्वदेशमा रोजगारी नपाएको र व्यवसाय गर्ने वातावरण नभएको भन्दै युवाहरू विदेशिने क्रममा कमी आएको छैन । तर, विदेशमा भन्दा स्वदेशमा नै धेरै सम्भावना देखेर गाउँ फर्किएका युवाहरुले अहिले कृषि क्षेत्रमा उल्लेख्य प्रगति गर्दै आएका छन् ।

पर्वतको फलेवास नगरपालिका तीन पोखराचौरका सुर्य लामिछानेले टमाटर खेतीबाट वार्षिक पाँचलाख रुपैयाँ कमाउँदै आएका हुन् । हिँउदे महिनामा पिउने पानीको लागि लाईन बस्नपर्छ खानेपानीको समेत अभाव भएको वडामा पानीको जोहो गर्न घरको छतको पानी पोखरीमा जम्मा गरेर तरकारी फलाउँदै आएका हुन् । ३७ वर्षे लामिछाने अहिले गाउँकै नमुना युवा कृषक हुन ।

चारवर्षसम्म विदेशमा बस्दा पनि आम्दानी र श्रमबाट सन्तुष्ट हुन नसकेका लामिछाने आफ्नै पाराले कसैको निर्देशन विना काम गर्न पाईने अरुको आदेशविना सास फेर्दा धेरै हर्स लाग्ने गरेको बताउनु भयो ।

अर्काको भुमिमा बसेर पसिना बगाउनु भन्दा नेपालमै केही गर्ने भन्दै नेपाल फर्किएका उनले तीन वर्षअघि गोलभेँडा खेती शुरु गरेका थिए । गाउँमा नै बजार भएपनि उत्पादन भएएको गोलभेँडाको बजारको कुनै समस्या नभएको हो । सात वर्षदेखि चार रोपनी जग्गामा गोलभेँडा खेती गर्दै आएका छन् । गोलभेँडाबाट राम्रो आम्दानी हुँदा र उत्पादित गोलभेँडाले बजारमा राम्रो ठाउँ पाएका कारण लाछीछानेले विदेशी भूमिमा बगाएको पसिनाको पछुतो अहीले लाग्ने गरेको छ ।