लेनदेनको विषयमा महिलामाथि कुटपीट

674
views

सीताराम थापा
बागलुङ । गल्कोट नगरपालिका–३ हटिया बजारमा लेनदेनको बियमा महिला माथी कुटपिट भएको छ । हटिया बजारका व्यवसायी भिमसेन श्रेष्ठ र नमस्ते होटलकी सञ्चालिका राधिका शर्मा बीच लेनदेनको विषयमा भनाभन भएपछि हातपात हो ।

हटिया चौकिको प्रमुख प्रहरी सहायक निरिक्षक टेकबहादुर थाडाले होटल सञ्चालिका राधिका शर्माले व्यवसाय सञ्चालक भिमसेन श्रेष्ठबाट करिब डेड लाख सापटी लिएकोले माग्दा पनि रकम नदिएपछि उक्त घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाएका छन ।

होटेल सञ्चालिका शर्माले होटल विक्री गरेर रकम चुक्ता गर्छु भनी दोहोरो भनाभनपछि श्रेष्ठले शर्मामाथि कुटपिट गर्दा नाकमा चोट लागेको स्थानीयबासी बताउँछन।

पीडित महिलाले कारबाहीको लागि प्रहरी चौकी हटियामा उजुरी दिएकी छिन । घाईते शर्माको आरोग्य अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको डा.टंक चालिसेले जनाकारी दिए । श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।