प्रभावकारी बन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रम

783
views

पर्वत । महाशिला गाउँपालिकाको वडा नं.५ मा समुदाय प्रहरी साझेदारी कार्यक्रम तथा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आधारभूत सुरक्षा, सामुदाय प्रहरी साझेदारीको महत्व, घरेलु हिंशा नियन्त्रण, साईवर सुरक्षा तथा लागु औषध नियन्त्रण बारे जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समाजमा शान्ति सुरक्षाको लागि स्थानिय तह, स्थानिय व्यक्तिहरुको महत्वपुर्ण भूमिका रहेकोले सामाजिक विकृतिलाई हटाउनको लागि प्रहरी र स्थानिय बिचको सम्वन्ध नङ र मासुको जस्तै रहेको बताए ।

सो कार्यक्रम महाशिला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उच्च अदालत पोखरा, वाग्लुङ ईजलाशका मुख्य न्यायाधीश शेषराज सिवाकोटी, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि.पौडेल, पर्वत जिल्ला अदालतका न्यायाधीस सुर्य वहादुर थापा, म्याग्दी जिल्ला अदालतका माननीय न्यायाधीश राजकुमार कोईराला, जिल्ला वार ईकाई पर्वतका अध्यक्ष भोलानाथ शर्माको उपस्थिति रहेको थियो ।

सोही कार्यक्तम अन्र्तगत पैंयु गाउँपालिकाको त्रिवेणीमा न्यायिक बाह्य पहुँच, समुदायमा सरकारी वकील अन्तरक्रिया कार्यक्रम, समुदाय–प्रहरी साझेदारी तथा समुदाय कानूनी सहायता कार्यक्रम बिच समुदाय–प्रहरी साझेदारी अन्तर्गत नागरीक सुनुवाई कार्यक्रम गरिएको थियो ।