छोरी करणी गर्ने बाबु पक्राउ

2112
views

काठमाडौँ, २९, जेठ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव आफ्नै छोरीमाथि जवरजस्ती करणीको अभियोगमा ललितपुरको धोवीघाटबाट पक्राउ परेका छन् । तर, मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले आरोपित उपसचिव मन्त्रालय तथा मन्त्रालयअन्तर्गत कुनै पनि कार्यँलयमा आवद्ध नरहेको स्पष्ट पारेका छन् ।

कक्षा १२ मा अध्ययनरत १८ वर्षकी छोरीमाथि पटक–पटक करणी गरेको अभियोेगमा निज उपसचिवलाई सोमबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता नारायण चिमोरियाले बताउनुभएको हो ।

जिल्ला अदालत ललितपुरको अनुमतिले अभियुक्तमाथि मङ्गलवार जवरजस्ती करणी उद्योगमा मुद्दा समेत दर्ता भएको छ । उनीविरुद्ध पीडित छोरी र श्रीमतीले नै उजुरी दिएका हुन् ।

महोत्तरी निवासी निज अरोपी धोवीघाटमा परिवार र छोराछोरीसँग भाडामा बस्दै आएका थिए । उक्त कुकर्म तथा घृणित घटनाको पोल पीडित छोरीले बाबुको अत्याचार सहन नसकेर खोलेकी हुन् ।

‘बुबा–छोरी’ सम्वन्ध राख्दा केही हुँदैन, पश्चिमी देशहरूमा यस्तो कुरा सामान्य हो भन्दैे अभियुक्त यादवले सुरु–सुरुमा फकाउने, नफकिएमा डरत्रास देखाई जवरजस्ती गर्ने गरेको जानकारी प्रहरीले दिएको छ ।

प्रहरी परिसरका प्रमुख रविन्द्र धानुकका अनुसार,आरोपितका साथबाट बरामद कागजपत्रमा नेपाल सरकारको उपसचिव उल्लेख छ । सो कागजपत्र नक्कली वा सक्कली हो पुष्टि गर्न भने समय लाग्ने जनाइएको छ । गोरापत्र अनलाइनबाट