शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु

458
views

कञ्चनपुर । कञ्चनपुरमा शिक्षकको कुटपिटबाट घाइते भएका एक विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–१७ मझगाउँका महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु भएको हो । उनलाई उपचारका लागि भारत लगिएको थियो । उपचारको क्रममा मृत्यु भएको हो ।

प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकले कुटपिट गरेको अभिभावकले आरोप लगाएका छन् । साथीहरुसँग झगडा गरेको विषयमा विद्यार्थीलाई गत शुक्रबार शिक्षकहरुले कुटपिट गरेको अभिभावको भनाइ छ ।