पाँच जिल्ला कार्यक्षेत्र, पाँच कर्मचारी

678
views

महेन्द्र जिसी
पर्वत । धौलागिरीका चार र स्याङजा जिल्ला गरी पाँच जिल्लाको जिम्मेवारी सम्हालेको भु–तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले पाँचजना कर्मचारीबाट काम गर्नुपरेको छ । १७ जना दरबन्दी रहेको कार्यालयमा अहिले पाँचजना कर्मचारीले मात्र काम गर्नुपरेको कार्यालयले जनाएको छ ।

विगतका वर्षमा एकै जिल्लामा खर्च हुने बजेटले पाँच जिल्लाका समस्या समाधान गर्नुपरेको र त्यसमा पनि पाँच कर्मचारीले मात्र काम गनुृपरेको कार्यालय प्रमुख कृष्ण प्रसाद घिमिरे बताए ।

दरबन्दी भन्दा कम कर्मचारी भएपनि कार्यालयले १३ करोड भन्दा बढीको बजेट कार्यान्वयन गरिसकेको जनाएको छ । संघीय सरकारको तीन करोड ४० लाख र प्रदेश सरकारको दश करोड ७८ लाख बारबरको काम गरेको कार्यालय प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

पर्वत, वाग्लुङ, म्याग्दी, मुस्ताङ र स्याङजा जिल्लाको जिम्मेवारीमा रहेको कार्यलयले साविकका कार्यालय भन्दा निकै न्युन बजेट कार्यान्वय भएको जनाएको छ ।

घिमिरेले प्रदेश सरकारको पर्यटकीय क्षेत्रको बजेट पनि यसै कार्यालय मार्फत सम्पादन हुँदै आएको बताउँदै भने ‘जिल्लासँगै प्रदेशको भार पनि पाँच कर्मचारीलाई नै परेको छ, तर दरवन्दि अनुसार कर्मचारी छैनन् ।’

अहिले प्रदेश सकारको दश करोड ७८ लाखका ७ आयोजनाको डिपिआर समेत तयार भईसकेको कार्यालयले जनाएको छ । गण्डकी प्रदेश पर्यटन मन्त्रालयद्वारा सम्बोधन गरिएका धार्मिक तथा सांस्कृतिक र पर्यटनका काम समेत डिपिआर तयार भई सुरु गरेको कार्यालयले जनाएको छ । कम कर्मचारी बढी दायित्व भएका कारण लक्षीत प्रगती हाँसिल गर्न समस्या भएको कार्यालयले जनाएको छ ।