प्रतिनिधिसभा र राष्ट्रियसभाको पाँचौँ अधिवेशन शुरु

474
views

काठमाडौं । संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को पाँचौँ अधिवेशन शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा शुक्रबारदेखि सुरु भएको हो । प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले सांसदलाई स्वागत गरी हिउँदे अधिवेशनको प्रारम्भ भएको घोषणा गरेकी हुन् । अपराह्न ४ बजे तोकिएको बैठक ४ः१५ बजे प्रारम्भ भएको थियो ।

बैठकको प्रारम्भमा उससभामुख तुम्बाहाङ्फेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सङ्घीय संसद्को पाँचौँ अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनःगठनसम्बन्धी प्राप्त पत्र पढेर सुनाइन् ।

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि योगदान र्पुयाउने ज्ञातअज्ञात शहीदप्रति एक मिनेट मौनधारण पनि गरिएको थियो। राष्ट्रपति भण्डारीले गत मङ्सिर २४ गते सङ्घीय संसद्को पाँचौँ अधिवेशन आजदेखि सुरु हुने गरी आह्वान गरिएको थियो ।