बैशाख महिनामा आगलागी भएका ७७ वनमध्ये, एकैदिन ५२ वनमा आगलागी

161
views

नवदृष्टि संवाददाता
पर्वत, बैशाख, २५

बैसाख महिनामा पर्वत जिल्लामा ७७ वटा वनमा आगलागी भएको छ । यी आगलागीमा भएका वन मध्ये बैशाख ९ मा एकैदिन ५२ वटा सामुदायिक वनमा आगलागी भएको छ ।
वनक्षेत्रमा आगलागीबाट हजारौ स्थायिनबासी र वन्यजन्तुहरु पभावित बनेका छन् । पर्वत जिल्लामा बैसाख ८ गते. देखि बैशाख २४ गते सम्म निरन्तर ७५ वटा सामुदायिक वन र २ वटा राष्टिय वनगरि ७७ वटा वनमा आगलागी भएका हुन् ।
बढ्दो गर्मी र मानविय आपरवाहिका कारण वनक्षेत्रहरुमा आगालागीका घटना घट्ने गरेको छ । जिल्ला वन कार्यालय पर्वतका अनुसार ७७ वटा वनको करिब १९१५.६ हेक्टर वनक्ष्ँेत्र आगलागीबाट प्रभावित भएको छ ।
वन्यजन्तु तथा काठदाउराको क्षती विवरण आईनसकेको जिल्ला वन डिभिजन कार्यालय पर्वतका प्रमुख झ्याम नारायण सापकोटाले बताए । सापकोटाले भन,े गतवर्षको तुलनामा ४० प्रतिशतले वन डडेलो बढ्यो तर हानीनोक्सानीको एकिन विवरण आएको छैन ।
डिभिजन प्रमुखले भने,वन्यजन्तु जलेर मरेको भए, डडेर गन्याउने, हाडखोर भेटिने थियो, भेटिएका छैनन्,स्थानियले पनि केहि खवर गरेका छैनन्, त्यसैले वन्यजन्तुको एकिन तथ्याक पाउन सकेका छैनौ । २४ बैशाखमा वर्षा भएपछि भने, वन डडेलो रोकिएको छ ।