महिला विश्वकप फुटबल : अर्जेन्टिना र दक्षिण अफ्रिका बराबरीमा

474
views

काठमाडौं, १२, साउन । फिफा महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् । न्युजिल्याण्डको डुनेडिन शहरमा शुक्रबार बिहान भएको खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

दुबै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा थिए । बराबरी पछि दुबै टोलीले एक एक अंक जोडेका छन् भने नक आउट चरणमा पुग्ने संभावना कमजोर भएको छ । यो समुहको पहिलो चरणको खेलमा स्विडेन र इटाली विजयी भएका थिए ।

महिला विश्वकप फुटबल अन्तर्गत शुक्रबार नै हुने समुह ‘डि’ का खेलहरुमा इंग्ल्याण्ड र डेनमार्क तथा चिन र हाइटी भिड्नेछन् । समुहको पहिलो खेलमा इंग्ल्याण्डले हाइटीलाई हराएको थियोभने डेनर्माकले चिनलाई पराजित गरेको थियो ।