मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’

86
views

नवदृष्टि संवाददाता
२६, बैसाख

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’ गरेका छन् । बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिचाइ सुविधा पुग्नेछ । ब्रेक थ्रु कार्यक्रममा प्रधानमन्त्रि प्रचण्डले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रको विकासमा गुणात्मक योगदान पुग्ने बताएका छन् । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धिले अर्थतन्त्रमा योगदान हुने विश्वास व्यक्त गरेका छन् । प्रचण्डले सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै यस्ता आयोजनाहरू सम्पन्नले उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा योगदान पुग्ने बताए । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुदै बागमती सिचाइ आयोजनामा पु¥याउने लक्ष्य रहेको छ । हाल सिचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिचाइ सुविधा पुग्नेछ ।