श्रीकृष्ण मोहनी एकादशीमा कालिगण्डकी शालग्राम शिलामा नाम लेखनार्थ स्नानमेला

349
views

नवदृष्टि संवाददाता
पर्वत, २७ बैशाख

जेष्ठ ६ गते श्रीकृष्ण मोहनी एकादशीमा कालिगण्डकी गलेश्वर देखि मोदीवेनी दिव्य धाम सम्म कालिगण्डकी किनारमा रहेका शालग्राम शिलाहरुमा नाम लेखनार्थ एकदिने स्नान मेला हुने भएको छ ।
प्रकृति र पर्यावरण तथा शालग्राम संरक्षण समितिको जलजला गाउपालिकाको आयोजनामा उक्त स्नान मेलाको आयोजना गरिएको हो । मेलामा भक्तजनहरुले भजन कृत सहित १०८ शिला भगवत् नमोत्चारण लेख शिलाकिंत गर्नेगरि मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
जीवित चक्राङ्कित निष्चक्राङिकत सबैदिव्य शिलाहरुको संरक्षणका लागि कालिगण्डकी नदी शालग्राम शिलालाई विश्व सम्पदा सुचिमा समावेशगर्न उक्त अभियान गरिएको बताईएको छ । शालग्रालाई विश्वसम्पदा सुचिमा राख्न कालिगण्डकीको स्वच्छता र पवित्रता कायमगरि प्रकृति र पर्यावरण जर्गेनागर्नको लागि मेला आयोजना गरिएको संयोजक तारा रेग्मीले बताए । उक्त मेलामा हजारौको सहभागिता हुने र सहभागीताको लागि आग्रह गरिएको आयोजकको भनाई रहेको छ ।