कोरोनाबाट आठ लाख ६७ हजार बढीले ज्यान गुमाए

539
views

काठमाडौं, १८, भदौ । विश्वभर कोरोनाबाट आठ लाख ६७ हजार तीन सय ४६ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमितको संख्या दुई करोड ६१ लाख दुई करोड ६१ लाख ७७ हजार एक सय ११ नाघेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

कोरोना जित्नेको संख्या एक करोड ८४ लाख ४२ हजार एक सय ७५ नाघेको छ । गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ ।

हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८९ हजार नौ सय ६४, ब्राजिलमा एक लाख २३ हजार आठ सय ९९, भारतमा ६७ हजार चार सय ८६, मेक्सिकोमा ६५ हजार आठ सय १६ जनाले ज्यान गुमाएका छन् । नेपालमा हाल सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ५१ जना नाघेको छ ।