इरानमा हत्या आरोपी रेस्लर नाविदलाई मृत्युदण्ड दिइयो

418
views

एजेन्सी । इरानले हत्या आरोप लागेका एकजना रेस्लरलाई मृत्युदण्ड दिएको छ । अन्तर्राष्ट्रिय रुपमा फासी नदिनका लागि अपिल भए पनि इरानले २७ वर्षीय रेस्लर नाविद अफ्कारीलाई दक्षिणी शहर शिराजमा झुण्ड्याएर मृत्युदण्ड दिएको हो ।

फासीअघि परिवारका सदस्यलाई भेट गर्न पनि नदिइएको नाविदका वकिलले बताएका छन् । इरान सरकारले उनलाई सन् २०१८ मा भएको सरकार विरोधी प्रदर्शनको क्रममा सुरक्षा गार्डको हत्यामा दोषी ठहर गरेको थियो ।

नाविदले आफूलाई गर्दै नगरेको अपराध कबुल गराउनका लागि गम्भीर यातना दिइएको बताउदै आएका थिए । नाविदलाई मृत्युदण्ड दिइएकोमा मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले आपत्ति जनाएको छ ।