लोकगीतमा प्रगतिशीलताको खोजी

1107
views

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर सुर्खेतमा नेपाली लोकगीतमा प्रगतिशीलता भन्ने विषयमा अन्तक्रियात्मक विचार गोष्ठि सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजना, हर्कबहादुर शाही स्मृति फाउण्डेसनको सह–आयोजनामा शुक्रवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको हो ।

अन्तरक्रियात्मक विचार गोष्ठीमा प्राध्यापक डा. ताराकान्त पाण्डे, सह–प्राध्यापक डा. मधुसुदन गिरीले कार्यपत्र प्रस्तुत गरेका थिए । प्राध्यापक डा. जगदीशचन्द्र भण्डारी र पुर्व क्याम्पस प्रमुख महेन्द्र गिरीले प्रस्तुत गरेको कार्यपत्रमा टिप्पणी गरेका थिए ।

लोक साहित्यमा मान्छेको जीवन वा जीवनको सुन्दरता कसरी अभिव्यक्त भएका छन् त्यो कुराको खोजी गर्ने उद्देश्य रहेको इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार हिरामणि दुखिले बताए ।

उनले भने ‘भौगोलिक, सामाजिक र राज्यसत्ताले उत्पिडनमा पारेको एउटा विकट क्षेत्रमा मान्छेको जिवन कसरी व्यतित् भइरहेका छन् र आफ्ना दुःख वेदनाका कुराहरुलाई आफ्ना गित संगित मार्फत कसरी अभिव्यक्त गरेका छन् आफनो गितको विम्बबाट आफ्नो जीवनको कसरि उजागर गरिरहेका छन् त्यो कुरालाई संक्षिप्त रुपमा भएपनि टिपोट र उजागार गरी चर्चामा ल्याउन खोजेका हौँ ।’

विचार गोष्ठी कार्यक्रममा साहित्यकार तथा आख्यानकार हिरामणि दुखी, साहित्यकार एमपी पाण्डे, साहित्यकार मित्रलाल पंगेनी, खुसिराम पाख्रिन लगायत अतिथीको उपस्थिती रहको कार्यक्रमको सञ्चालन हर्कबहादुर शाही स्मृति फाउण्डेसनका अध्यक्ष दिपक बहादुर शाहीले गरेका थिए ।

कार्यक्रममा उपस्थित अतिथी तथा सहभागिले कविता वाचन गरेका थिए ।