मानवअधिकार संवद्ध सात संगठनद्वारा शुभकामना आदानप्रदान

432
views

पर्वत, १७, असोज । नेपाल पत्रकार महासंघ पर्वतसहित मानव अधिकार क्षेत्रमा क्रियाशिल सात संघ संस्थाले दशैंको अवसरमा शुभकामना आदान प्रदान गरेका छन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वत, नेपाल बार एसोशियसन पर्वत, नागरिक समाज पर्वत, गैसस महासंघ पर्वत, मानव अधिकार एलायन्स पर्वत, नेपाल मानव अधिकार संगठन पर्वत, ईन्सेक पर्वतले विजया दशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।

चाडपर्व नजिकिएसँगै मानव अधिकार संवद्ध विभिन्न सवालहरुमा विगतका जस्तै यसवर्ष अधिकारहरु प्राप्तीका समस्याहरु हुननदिन सरोकारवाला निकायलाई सचेतसमेत गराएका छन् ।

चाडवाड मनाउन शहरबाट गाउँ फर्कने क्रममा भएका यात्राका समस्याहरुलाई पनि सवारी साधन र हिडडुल गर्न सहज बनाउनसमेत स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।

चाडपर्वको समयमाहुने चोरी डकैति लगायतका घटना घट्न नदिन जिल्ला प्रशासन कार्यालय र सुरक्षा सम्वद्ध अंगसँग आग्रह गरेका छन् ।