‘ए’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

348
views

काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुईवटा खेल हुँदैछन् । त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा सातदोबाटो युथ क्लब र एफसी खुमलटारबीच दिउँसो ३ बजे खेल हुनेछ ।

यस्तै, एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र नेपाल पुलिस क्लबबीच दिउँसो ३ बजे नै प्रतिस्पर्धा हुनेछ ।

१४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ’बी’ डिभिजनमा घटुवा हुनेछन् ।