क्यालेन्डरमा यसरि नांगिए नायिका

674
views

एजेन्सी

मुम्बई :ग्ल्यामर फोटोग्राफरका रूपमा चर्चित डब्बु रतनानीको ग्ल्यामर क्यालेन्डरमा बलिउडका कलाकारहरूले बोल्ड फोटो सुट गराएका छन्।

डब्बुले आफ्नो क्यालेन्डरमा बलिउड अभिनेत्री कियारा, भूमि पडनेकरले टपलेस फोटो सुट गरेका छन्। त्यस्तै, ऐश्वर्या राय, कृति सेनन, अनन्या पाण्डेय, ज्याकलिन फर्नान्डिसको बोल्ड फोटोसमेत उनको क्यालेन्डरमा समेटिएको छ।

अभिनेत्री कियाराले पात पछाडि उभिएर टपलेस तस्बिर खिचाएकी छिन्। उता कृतिले कपडा फुकाल्दै गरेको पोज दिएर बोल्ड फोटो सुट गरेकी छिन्। अर्की अभिनेत्री भूमिले बाथ टबमा टपलेस फोटो सुट गरेकी छिन्।

सन् १९९९ मा पहिलो पटक डब्बु रतनानीको क्यालेन्डरका लागि फोटो सुट गराएकी ऐश्वर्या सन् २०२० को क्यालेन्डरमा समेत समावेश भएकी छिन्।

अनन्या फुटबलसहित स्पोर्टी लुक्समा छिन् भने ज्याकलिन घोडासहित बोल्ड लुक्समा क्यालेन्डरमा छिन्।