जिल्लास्थित कार्यालय प्रमुख र संचारकर्मीबिच अन्तरक्रिया

77
views

नवदृष्टि संवाददाता
पर्वत, १४, बैसाख

जिल्लाको सदरमुकाम कुश्माबजारमा शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा जिल्लास्थित सम्पुर्ण कार्यालयहरुका प्रमुखहरु र जिल्लास्थित संचारकर्मीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
     जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरुले आफ्ना कार्यलय मातहतबाट बार्षिक तथा त्रैमासिक रुपमा सम्पादन गरिएका कामको प्रगति प्रस्तुत गरिएको थिए भने,संचारकर्मीले आफ्ना जिज्ञासा राखेका थिए । संचारकर्मीका जिज्ञासका विषयमा मातहतका कार्यालयहरुले जवाफ दिएका थिए । जिल्ला प्रसासन कार्यालय पर्वतले २०८०। ०८१को तेस्रो त्रैमासिक माघ १ गते देखि चैत्र मसान्तसम्म कार्यालयबाट सम्पादन भएका कार्यहरुको विवरण प्रस्तुत गरेको थियो ।
    कार्यालयले त्रैमासिकमा नागरिकता प्रमाणपत्र ५ सय ९६ वटा, गैरआवासिय नागरिकता प्रमाणपत्र ८११ वटा राहदानी वितरण १७३१ वटा दुर्त राहदानी सिफारिस ९० वटा, राष्टिय परिचय पत्र दर्ता १९५७ वटा कार्ड वितरण ८२८ वटा, नावालक परिचयपत्र जारी८४ वटा, संघसस्था दर्ता १४ वटा संघसस्था नविकरण ४३ वटा भारतिय पेन्सन सम्वन्धि सिफारिस ३४५ अन्य सिफारिस६४२ वटा रहेको जनाईएको छ ।