कतारी राजा नेपाल भ्रमणमा, एक दिन सार्वजनिक बिदा

35
views

नवदृष्टि संवाददाता
१०, बैशाख

काठमाडौ । राष्टपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारी राजा अमिर नेपाल भ्रमणमा मंगलबार आउदैछन् । कतारीराजाको आउने दिन एक दिन नेपाल सरकारले सार्वजनिक विदादिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन स्वागत स्वरुप सार्वजनिक बिदा दिने निर्णय गरेको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिएका छन् ।
विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको जनाईएको छ ।
पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । दुई निजी जहाज लिएर आउन लागेका उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्रीहरु आउने बताईएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसग शीतल निवासमा भेटवार्ता गर्नेछन् भने, प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम रहेको बताईएको छ।
कतारी राजा बुधबार बेलुका नै कतार फर्कने छन् । तीन एसियाली मुलुकको भ्रमणका लागि गत आइतबार दोहाबाट फिलिपिन्स उडेका कतारी अमिर बंगलादेश हदै नेपाल आउन लागेका हुन्् ।