‘मिस्टर एण्ड मिस नेसनल नेपाल’ को ट्यालेन्ट र स्विम वेयर राउण्ड

153
views

नवदृष्टि संवाददाता
पर्वत, १२, बैशाख

पर्वतको कुश्मास्थित हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्टमा मंगलबार ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ट्यालेन्ट र स्विम वेयर राउन्ड सम्पन्न भएको छ ।
स्विम वेयर राउन्डमा अन्तिम २९ प्रतिस्पर्धीले क्याटवक गरेका थिए । सन्तोष उपाध्याय सहित उज्वल के जोशी, मानस राई, रोशनी चन्द, समा पराजुली र स्मित तामाङ यस राउन्डको निर्णायक थिए । त्यसैगरि, ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले आफ्नो दमदार प्रतिभा देखाएका थिए । प्रतियोगिहरुले गीत, नृत्य, कविता बाचन, पेन्चटिङ्ग, ड्रामा बजाएर आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । कविता वाचन फरक फरक विधाका प्रस्तुतिले जजहरुलाई पनि निर्णय गर्न सकस परेको थियो ।
ट्यालेन्ट राउन्डबाट महिलातर्फ शीर्ष ५ र पुरुषतर्फ शीर्ष ३ प्रतियोगीहरुको नाम घोषणा गरिएको थियो । महिलातर्फ प्रिया उपाध्याय, श्रृयंका थापा, अदिती श्रेष्ठ, प्रियशा देवकोटा र रजिता पराजुली टप ५ पाचभित्र परे । पुरुषतर्फ भने सन्देश सिटौला, विप्लवराज नागनहर र मनिश श्रेष्ठ उत्कृष्ट तीनभित्र छनोट भए ।
यस राउन्डको जजको रूपमा राज शाह, राजु केसी, शिशिर वाग्ले, समा पराजुली, दिक्पल कार्की र अभिषेक मोहन्टी रहेका थिए । सबटाइटल राउन्डको विजेता भने फिनालेमा घोषणा गरिने आयोजकले जनाएको छ।
सनुर्वी इन्टरनेसनलका सञ्चालक तथा मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्ययले पहिलोपटक उपत्यकाबाहिर कुश्मामा कार्यक्रम गर्न पाउदा खुसी लागेको बताए । हार्नेस् जिपलाइन एण्ड एडभेन्चर रिसोर्ट सहित स्थानीय सरकारवालाको सहयोगले सब टाइटल राउन्ड सफलतापुर्वक सकिएको भन्दै आभार व्यक्त गरेका थिए । कार्यक्रममा कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीलगायतका स्थानीय वरिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।
आउ“दो शनिबार टप मोडल राउन्ड र एलिगेन्स राउन्ड ललितपुरको पाटन दरबार म्युजिममा गरिनेछ । प्रतियोगिताको फिनाले भने वैशाख १९ गतेका दिनमा काठमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । फिनाले राष्ट्रिय टेलिभिजन इमेज च्यानलबाट प्रसारण हुनेछ ।
फिनालेमा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने बताईएको छ ।