कटुवा चौपारीमा जेष्ठ नागरिक समाज भवन उद्घाटन

74
views

नवदृष्टि संवाददाता
पर्वत, १४, बैशाख

जिल्लाको कुश्मा नगर पालिका ९ मा जेष्ठ नागरिक समाजको भवन उद्घाटन गरिएको छ । कुश्मा नगर पालिकाका प्रमुख रामचन्द्र जोशिले बिहिबार उक्त भवनको उद्घाटन एक समारोहबिच गरेका हुन् । उद्घाटनको अवसरमा जोशिले असहाय वृद्धवृद्धाको संरक्षण, सुरक्षा गर्न भवन निर्माणले निकै ठुलो टेवा पुग्ने बताए । जोशिले वृद्धावृद्धाहरु खुल्ला किताब र ईतिहास रहेकाले संरक्षणगर्ने हामी सबैको दायित्व भएको कुरामा जोड दिएका थिए ।
कार्यक्रममा कुश्मा नगरपालिकाकी पूर्व उपमेयर सिता काले लामिछाने, कटुवाचौपारीका वडा अध्यक्ष राम शर्मा लामिछाने, सामजिक विकास कार्यालय पर्वतका प्रमुख टंकप्रसाद ढकाल, कटुवाचौपारीका पूर्व अध्यक्ष कृष्णाप्रसाद लामिछाने, अल्पेश्वर गुफाका अध्यक्ष सुरेश वहादुर पिसी, शिव बद्रि नारायण गुठीका पुजारी कमल शर्मा र शिव बद्रि नारायण गुठीका प्रमुख संरक्षक डण्डपाणी शर्मा पौडेल लगायतले मन्तव्य राखेका थिए । भवन निर्माण समितिकी अध्यक्ष लक्ष्मी कुमारी पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन भवन निर्माण समितिका सचिव गोपालदास बैरागीले गरेका थिए ।
संघिय सरकारबाट प्राप्त ४९लाख ६८ हजार रुपयाको लागतमा उक्त भवन निर्माण सम्पन्न गरिएको हो । बस्न आउनेलाई दिवासेवाको समेत व्यवस्था गरिएको बताइएको छ । डेढ सयलाई खानबस्न मिल्ने एक हल सहित ६ वटा कोठा रहेका छन् ।
किचन रुम, खानेपानी, चर्पीको सुविधा भवनमा रहेको छ । भवन निर्माण उद्घाटनमा स्थनियहरुको उल्लेख्य सहभागिता रहेको थियो । भवननिर्माण र उद्घाटनपछि खुसीयालीमा पुजाआजा र भजनकृतन गरिएको थियो । ठाटी, चौपारी, खुला रुखमुनी बस्दै आएका भवनमा बस्न पाउदा वृद्धवृद्धाहरु खुसी भएको बताएका थिए ।