पार्टी पुनर्मिलनका लागि नेपाल समूहको ध्यानाकर्षण

493
views

काठमाडौं, २८, फागुन । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी पुनर्मिलनलाई सहज बनाउन अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बिहीबार आफूनिकट स्थायी समिति सदस्यहरूको अनौपचारिक बैठक गर्दै नेपाल पक्षले देशभर पार्टी कार्यालयमा भइरहेको हुलहुज्जत रोक्न पनि ध्यानाकर्षण गराएको छ ।

सर्वोच्च अदालतको फैसलापछि पार्टी कार्यालयहरू अध्यक्ष ओली पक्षले एकलौटी गरेकोमा नेपाल पक्षले आक्रोश पनि पोखेको छ । बैठकले सहज ढंगले पार्टी पुनर्मिलनका लागि दुवै पक्ष लचिलो हुनुपर्ने निष्कर्ष निकाल्दै अध्यक्षको हैसियतमा ओलीले संवाद थाल्नुपर्नेमा जोड दिएको छ ।

सर्वोच्चको फैसलापछि २०७५ साल जेठ २ गतेको स्थितिमा पुगेकाले पार्टीका सबै कमिटी र नेतृत्व पूर्ववत् स्थितिमा राख्नुपर्ने नेपाल पक्षको जोड छ ।