दिउसै अध्यारो, पानीको वर्षा, किसानमा खुसीयाली

96
views

नवदृष्टि संवाददाता
पर्वत, २४ बैशाख

 लामो समयपछि सोमबार दिउसै अध्यारोहुने गरी वर्षाभएपछि किसानमा खुसीयाली छाएको छ । खानेपानीको अभाव, आगलागी, खेतीपाती अन्नबालीमा रोगकिरा र खडेरीले आक्रान्त किसानमा वर्षा भएपछि खुसी देखिएका छन् ।
    पर्वतमा दिउसो ३ः४२ तिर भएको वर्षाले केहि समय अन्धकार देखिएको थियो, फाटफुट असिना परेको थियो । भिषणवर्षा र दिउसै अध्यारो भएको थियो । पानीले बालीनाली फस्टाउने र हरियाली छाउनेमा किसानहरु आसाबादी देखिएका छन् । लामो समयपछि पानी पर्यो, अब बालीनाली सप्रिनेमा आसाबादी रहेको पर्वतका किसानहरुले बताए ।