प्रदेश सरकारहरुले आज नयाँ बजेट सार्वजानिक गर्दै

400
views

१ असार, काठमाडौं । सात वटै प्रदेशका सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । प्रदेश सरकारहरुले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश सरकारहरुले बजेट ल्याउने तयारीमा जुटेका हुन् ।सात वटै प्रदेश सरकारले आफ्ना आफ्ना नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।संघीय सरकारले गत जेठ १५ गते प्रस्तुत गरको बजेटमा प्रदेशहरुमा जाने बजेटको सिलिङ तोकिसकेकाले सोही सिलिङभित्र रहेर उनीहरुले बजेट बनाउने गर्दछन् ।स्थानीय आवश्यकता अनुसार बजेट बनाउनु पर्ने भए पनि प्रदेश सरकारहरुले पनि केन्द्रकै देखासिकी गर्दै वितरणमुखी बजेट नै बनाउने गरेका छन् ।