एनआरएनए अध्यक्षमा भट्ट र गुरुङ भिड्दै

604
views

काठमाण्डौ ३०, असोज । गैरआवासीय नेपाली संघको नयाँ कार्यकालका लागि अध्यक्षमा निर्वतमान उपाध्यक्ष भवन भट्ट र जमुना गुरुङ घले भिड्ने भएका छन् । जमुना गुरुङ निवर्तमान अध्यक्ष शेष घलेको धर्मपत्नी हुन् ।
निर्वाचन कार्यतालिका अनुसार आज बिहान ८।३० बजे उम्मेदवारी दर्ता गराउने कार्यक्रम भएपनि २ घण्टाका लागि समय थप गरी १०।३० बजे पु¥याइएको थियो । सो समयको अन्तिम १० मिनेट बाँकी रहँदा गुरुङले उम्मेदवारी दर्ता गराएकी छन् ।
कार्यसमितिको उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेकोे छ भने महासचिवमा २ जना, कोषाध्यक्षमा २ जना, सचिवमा ६ जना र सहकोषाध्यक्षमा २ जनाको उम्मेदवारी परेको छ । सम्मेलनले १३ पदमा पदाधिकारीसहित ३५ सदस्य निर्वाचित गर्नेछ ।
अक्टोबर १४ देखि राजधानीस्थित होटल हायतमा आठौँ विश्व सम्मेलन चलिरहेको छ । विश्वमा रहेका नेपालीलाई जोड्दै देशप्रतिको ऐक्यबद्धता जुटाउन र विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र लगानी नेपाल भित्र्याई सम्बृद्ध नेपाल बनाउने उद्देश्यका साथ सन् २००३ अक्टोबर १४ मा स्थापना गरिएको गैरआवासीय नेपाली संघले विश्वका ७७ देशमा आफ्नो सञ्जाल पु¥याएको छ । सुरुमा संस्थामा अत्यन्त उत्साहका साथ जोडिएको भएपनि पछिल्ला दिनमा संस्थाभित्र जातीय र राजनीतिक दबदबा बढ्दै गएपछि प्राज्ञिक वर्गको रुचि कम देखिएको छ ।