जापानी पहरामा नेपाली कला, ६५ फिट अग्ला बौद्ध मुर्ति

115
views

नवदृष्टि संवाददाता
पर्वत, ६,बैशाख

नेपाली कालिगडले जापानको चट्टानी पहरामा ६५ फिट अग्ला बौद्धमुर्ति बनाएका छन् । जापानको ख्युसुम प्रान्त खुसुमोतो कामीआका फुसाकामा स्थित एउटै पहरामा हालै बौद्ध मुर्तिका बनाएका हुन् ।
त्यहा स्थीत ओसीमा सेकमा मुर्ति निर्माण प्रतिष्ठानद्धारा करोडौको लगानीमा मुर्ति निर्माण गरिएका छन् ।
यस सताब्दीकै विश्वको सबैभन्दा अग्लो बौद्धमुर्ति २०१६ मा थालिएर २०२५मा खुल्ला गरिने बताईएको छ । ६ वर्ष भन्दाबढि समय लगाएर बनाइएको बताईएको छ । नेपालबाट मन्जुल मेतीरी, सुर्य केसी, सानुभाई विश्वकर्मा रामचन्द्र पण्डित, चतुरलाल राजवंशी, जीवन पौडेल, गणेशकुमार राई, रामकुमार राई र सुवास विश्वकर्मा लगायतको टोलीले निर्माण गरेको बताईएको छ ।
निर्माण प्रतिष्ठानले विश्वसम्पदा सुचिमा सुचिकरणगर्न पहलगरिने जनाईएको छ ।