जनता मर्नु अगावै सरकारको उपस्थिति हुँदैन्–यादव

529
views

काठमाण्डौ, ३०, पुस । शितलहरका कारण तराई मधेशका सर्वसाधारणहरु पीडित बनिरहेका बेला संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जनता मरेपछि मात्रै सरकारको उपस्थिति हुने गरेको आरोप लगाएका छन् ।

प्राकृतिक तथा दैवी प्रकोपबाट जनतालाई जोगाउनका लागि सरकारले बेग्लै संयन्त्र निर्माण गर्नुपर्ने भएपनि अहिलेसम्म यसबारे सरकार गैर जिम्मेवार बनेको यादव बताउँछन् ।

‘प्रतिकूल अवस्था आउनुभन्दा अगाडि नै सतर्क भएर धनजनको क्षति हुन नदिने तथा न्युनिकरण गर्ने जस्ता संस्थाहरु राज्यले समयमा नै निर्माण गर्नुपर्ने सोच कहिल्यै नआएको समेत उनको भनाई थियो ।’

हाल सप्तरीमा शीतलहरबाट पीडित जनताको उद्दारमा खटिएका यादवले आवश्यक जति लत्ताकपडा वितरण गर्न नसकिएको बताए । मधेशी पनि नेपाली जनता हुन भन्ने सोचको विकास हुन नसक्दा तराई मधेशका सर्वसाधारणले समस्या भोग्दै आएको यादवको भनाई छ ।