केन्याविरुद्ध सन्दीपको प्रभावशाली बलिङ

613
views

काठमाण्डौ,, २९ माघ । नेपालका युवा स्पिनर सन्दीप लामिछानेले आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को खेलमा आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

आईसीसी विश्व क्रिकेट डिभिज २ अन्तरत चौथो खेलमा सन्दीपले बलियो टिम केन्याको चार विकेट लिन सफल भए । सुरुवातमा नेपाललाई दबाबमा राख्दै रन बटुलिरहेको केन्याविरुद्ध सन्दीप बलिङमा उत्रिँदै प्रभावशाली खेल पस्केका हुन् । उनले ८ ओभर बलिङ गर्दै केबल १२ रन मात्रै दिएर केन्याका चार विकेट झार्न सफल भएका हुन् ।

नेपालका १७ वर्षीय स्पिनर सन्दीपले उत्कृष्ट ब्याटिङ गरिरहेका ओबान्डालाई १६.६ ओभरमा पेभेलियनको बाटो देखाएका छन् । ४६ बलमा ४१ रन बनाएको अवस्थामा सन्दीपले ओबान्डालाई आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

त्यसैगरी सन्दीपले खेल १८–४ ओभरमा पुगेको अवस्थामा डिएम गोन्डारियालाई पनि पेभेलियनको बाटो देखाए । उनले ५ बलमा ४ रन बनाएको अवस्थामा गोन्डारियालाई आउट गर्न सफल भए ।

सन्दीपले ३३।१ र २ ओभरमा केन्याका लगातार दुई विकेट झार्न सफल भएका छन् । उनले ३३ ओभरमा पहिलो बलिङ गर्दै पाँचौ क्रममा आएका केन्याका कप्तान आरआर पटेललाई कप्तान पारस खड्कामार्फत क्याच आउट गराउन सफल भएका हुन् ।

त्यसैगरी दोस्रो बलमा पनि उनले छैटौँ क्रममा क्रिजमा आएका आरएन पटेललाई एलबीडब्लु धरापमा पार्दै शून्य रनमा पेभेलियन फर्काइदिए । नेपालका लागि अर्को विकेटका रुपमा करिमलाई बसन्त रेग्मीले आउट गरिदिए ।

ताजा अवस्थामा केन्याले अहिले ३५।५ ओभरमा ५ विकेट गुमाउँदै १०८ रन बनाउन सकेको छ । सन्दीपले प्रमुख ब्याटसम्यानहरुलाई पेभेलियन फर्काइदिएपछि केन्याको ब्याटिङ लाइन अप धर्मराएको छ ।